समाज

दाङमा ११ महिनामा ७५ जनाको ज्यान गयो

असार १२, २०७५

    दाङ : दाङमा बितेको ११ महिनामा सवारी दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको छ भने २८८ जना घाइते भएका छन्। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दाङमा १६० वटा सवारी साधान दुर्घटना हुँदा ७५ जनाको मृत्यु र २८८ जना घाइते भएका हुन्।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयले जारी गरेको तथ्यांकअनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। सो अवधिमा ६३ वटा मोटरसाइकल ३७ वटा बस, २९ वटा जिप, २ वटा ट्रक, १७ वटा ट्याक्टर र १२ वटा टेम्पो दुर्घटनामा परेको ट्राफिक कार्यालयले जानकारी दिएको छ।

    यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक मदन बहादुर कुँवरले सडक अनुशासन र ट्राफिक नियम पालना गरे स्वतः दुर्घटना रोकिने बताएका छन्। सडक अनुशासन सँगै राज्यका सरोकार राख्ने निकायहरूले सडक सुधार गर्नुपर्ने, निर्माण सामाग्रीहरू सडकमा राख्न नदिने, चालकलाई अनुशासित बनाउनु पर्ने, क्षमताअनुसार माल र यात्रु बोक्ने कार्यलाई अनिवार्य गरे सवारी दुर्घटना घट्नेमा उनको जोड थियो।

    मंलवार आफनै कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरी निरीक्षक कुँवरले तीव्र गतिका कारण पनि धेरै दुर्घटनामा बढेको र सञ्चार माध्यमहरूले व्यापक सचेतना फैलाउनमा सहयोग गर्न आग्रह गरेका  छन्। सवारी साधन र जिल्लाको सडक तथा भूगोलको हिसाबमा ट्राफिक प्रहरीको जनशक्ति निकै थोरै रहेको उने बताए।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा ३१ जना प्रहरी मात्रै रहेका छन् । सडकको दूरी र गाडीको संख्यालाई हेर्दा एक जना ट्राफिकलाई १५ किलो मिटर सडकको सुरक्षा र ९६७ वटा सवारी साधनको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]