समाज : सुरक्षा/अपराध

सिँचाइ योजनामा फलामको पाइपको सट्टा बाँस प्रयोग!

असार १२, २०७५

    बारा : बाराको प्रसौनी गाँउपालिकामा निर्माणधीन सिँचाइ आयोजनामा फलामको पाइप प्रयोग गर्नुपर्ने ठाउँमा बाँस प्रयोग गरिएको भेटिएपछि निर्माण कार्य रोकिएको छ।

    जिल्ला सिँचाइ विकास डिभिजन कलैयाले ठेकेदारमार्फत निर्माण भइरहेको बंगरी नदी सिँचाइ योजनामा फलामको पाइप प्रयोग गर्नुपर्ने ठाउँमा बाँस प्रयोग भएको पाइएको वडा नम्बर - ६ का अध्यक्ष बृजकिशोर कुश्वाहले बताए।

    उक्त सिँचाइ योजना हेटौँडाको बानिया निर्माण सेवाले छ करोड ५४ लाख ३८ हजार ९६९ रुपैयाँमा ठेक्का पाएको थियो। निर्माण कार्य कमसल भेटिएपछि निर्माण कार्य रोक्न निर्देशन दिइएको जिल्ला सिँचाइ विकास डिभिजन कलैयाका प्रमुख महेश चौधरीले जानकारी दिए। ‘हालसम्म भएको निर्माण भएको संरचना भत्काउन निर्देशन दिइएको छ,’ वडा अध्यक्ष कुश्वाहले भने–‘त्यसपछि सुरुवाती अवस्थाबाट निर्माण गर्नुपर्छ।’

    बानिया निर्माण सेवासँग कार्तिक महिनासम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। असोजदेखि निर्माण थाल्नुपर्नेमा ढिलोगरी गतफागुनबाट काम थालेको ठेकेदारले निर्माणमा लापरवाही गरेपछि गाँउपालिकाका प्राविधिकले डिभिजन कार्यालयमा जानकारी गराएका थिए।

    लापरवाही भएको बारे प्राविधिले जानकारी दिएपछि निर्माण कार्य रोक्न टेलिफोनबाट निर्देशन दिँदा अटेर गरेपछि प्रमुख चौधरी, वडा अध्यक्ष कुश्वाहलगायत निर्माणस्थलमा पुगेका थिए। ‘रातको समयमा ढलानको गर्ने भएकाले बाँस प्रयोग भएको नदेखिने गरेको रहेछ,’ अध्यक्ष कुश्वाहले भने–‘ढलान हुँदाहुँदै मेसिन बिग्रेको कारण रहस्य बाहिरिएको हो।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]