अर्थ

मूल्यवृद्धिदर ४. १ प्रतशित पुग्यो, काठमाडौंमा सबैभन्दा कम

असार ३२, २०७५

     काठमाडौं : चालु आर्थिक वर्षको जेठ  महिनामा मुद्रास्फिति ४.१ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षकाे यो अवधिमा २.८ प्रतिशतको मुद्रास्फिती रहेकोमा यो वर्ष ४.१ पुगेको हो।

    खाद्यमुद्रास्फितिमा आएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति बढ्न गएकोराष्ट्र बैंकले जनाएको छ। खाद्य मुद्रास्फितिमा २०७५ जेठ मसान्तमा खाद्य मुद्रास्फीति ३.० प्रतिशत रहेको छ। समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.० प्रतिशत रहेको छ।यस समूह अन्तर्गतको शिक्षा, लत्ता कपडा तथा जुत्ता, फर्निचर तथा घरायसी उपकरण र घरायसी सामान लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको हो।

    क्षेत्रगत आधारमा  हिमालमा ६.४ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, तराईमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा १.८ प्रतिशत, पहाडमा ४.० प्रतिशत, तराईमा ३.१ प्रतिशत र काठमाडौं उपत्यकामा १.४ प्रतिशत रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]