विश्व

अमेरिकी चुनावमा हस्तक्षेप नगरेको पुटिनको स्पटोक्ति, ट्रम्पले गरे बचाउ

साउन १, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गरेका छन्। फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताकाक्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको भनाइविपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै कारण नभएको बताएका हुन्।

    रुसी राष्ट्रपति पुटिनले पनि अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको दोहोर्‍याए। दुई नेताबीच दुई घन्टासम्म एक्लाएक्लै वार्तासमेत भएको थियो।
    वार्तापछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले हस्तक्षेप गर्ने कुनै कारण नदेखेको बताए।

    रुसी राष्ट्रपति पुटिनले अमेरिकी अनुसन्धानकर्तालाई रुसमा आएर अधिकारीहरुसँग सोधपुछ गर्न प्रस्ताव गरेका छन्। यसको बदलामा अमेरिकामा कुनैपनि आपराधिक गतिविधिका संदिग्धसँग सोधपुछ गर्न यस्तै अधिकार दिइनुपर्ने पनि पुटिनको प्रस्ताव छ।

    एफबीआई र अमेरिकी गुप्तचार एजेन्सीले भने अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिस्पर्धी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध माहोल बनाउन रुसी संलग्नता रहेको र यसका लागि सामाजिक सञ्जालमा झुटो समाचार फैलाउनेदेखि साइबर आक्रमण गर्न रुसी सरकारको अनुमति लिएर अभियान चलाएको निष्कर्षमा पुगेका थिए।

    यता, वरिष्ठ रिपब्लिकन सीनेटर लिन्ड्से ग्राह्मले ट्रम्पले रुससँग अमेरिका कमजोर बनेको संकेत दिएको भन्दै सन् २०१६ को चुनावका लागि रुसलाई जवाफदेही बनाउन र आगामी चुनावका सम्बन्धमा कडा चेतावनी दिने मौका गुमाएको प्रतिक्रिया दिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]