राजनीति

नेकपाको सचिवालय बैठक बालुवाटारमा

साउन १, २०७५

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ। राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा पार्टीको विधान र नियमावलीलाई अन्तिम रुप दिने तयारी गरिएको छ। 

    पार्टी एकीकरणका क्रममा गठित ११ सदस्यीय कार्यदलले विधानको मस्यौदा शीर्ष तहमा बुझाएपनि पारित भईसकेको छैन। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकीकरण भएपनि विधानले र नियामावलीले मुर्त रुप पाउन सकेको छैन भने प्रदेश र जिल्लागत संरचना पनि अन्यौलमा परेको छ।

    त्यस्तै बैठकमा संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक सम्वन्धमा पनि छलफल हुने जनाइएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]