राजनीति

स्थानीय तहमा बैंकलाई सुरक्षा दिन सरकार सक्षम छः अर्थमन्त्री

साउन १, २०७५

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार सक्षम रहेको दावी गरेका छन्।

    अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकहरुलाई सुरक्षा दिने योजना पनि अघि सारे। उनले सरकारले सबै स्थानीय तहमा तत्काल बैंक स्थापना गर्ने घोषणा पनि गरे।  अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिना  भित्र बैंकहरु स्थापना गरिसक्ने पनि बताए।

    मंगलबार नविल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकहरुलाई विद्युतीय प्रणालीबाट संचालन गर्न नविकरणीय उर्जाको प्रयोग गर्न सकिने पनि स्मरण गराए। अर्थमन्त्री खतिवडाले कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमंैत्री बनाउँदै लैजाने नीति लिएको पनि स्पष्ट पारे।

    अर्थमन्त्री खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुको अभिलेखलाई व्यवस्थित बनाउन पनि यसलाई प्रविधिमैत्री बनाउँदै लैजाने काममा ढिलाई नगर्ने धारणा पनि राखे।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]