राजनीति

नेविसंघको प्रदर्शनमा प्रहरीद्वारा लाठी प्रहार

साउन १, २०७५

    काठमाडौं : चिकित्सा शिक्षा विधेयक र सरकारका पछिल्ला गतिविधिको विरोध गर्न नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। माइतिघरबाट बानेश्वरतर्फ आइरहेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रयोग गरेको हो। नेविसंघका कार्यकर्ताले यातायात अवरोध हुने गरी बीचको लेन प्रयोग गरेर प्रदर्शन गर्न खोजेपछि प्रहरीले लाठीप्रहार गरेको हो। प्रहरीले छेउबाट जान आग्रह गर्दा नमाने पछि तनाव भएको थियो ।
    प्रहरीको लाठी चार्जबाट नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षहरु पुष्पकुमार शाही, निलकण्ठ रिजाल, महामन्त्री आनन्द त्रिपाठी लगायतका १५ जना नेता कार्यकर्ता घाइते भएका छन्। प्रदर्शन पछि नेविसंघका अध्यक्ष महरले सरकार यसरी नै अघि बढे आन्दोलन चर्काउने बताए। सरकारले नेविसंघलाई आन्दोलनका लागि उत्तेजित बनाएको समेत उनले बताए। नेविसंघले साउन १५ गते सबै जिल्लामा सरकारका विरुद्ध बृहत प्रदर्शन गर्ने समेत घोषणा गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]