राजनीति

नगर प्रमुख सुब्बाको पार्थिव शरीर गृहनगर ल्याइयो, धरान उपमहानगर शोकमा

साउन १, २०७५

    सुनसरी : मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएका धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको पार्थिव शरीर गृहनगर धरान ल्याइएको छ। सुब्बाको पार्थिव शरीर मंगलबार साँझ हेलिकोप्टरमार्फत धरान ल्याइएको हो।

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र हेलिकोप्टर ल्याण्ड गरी प्रतिष्ठानकै मर्चरीमा उनको शव राखिएको छ। सुब्बाको शव धरान ल्याइएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र ठूलो संख्यामा पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको भीड लागेको छ। धरान–११ स्थायी निवासी सुब्बाको घरमा पनि सर्वसाधारणको उल्लेख्य भीड रहेको छ।

    सुब्बाको निधनको खबर सार्वजनिक भएसँगै धरान उपमहानगर शोकमा डुबेको छ। धरान ११ का अधिकांश सर्वसाधारणको घरको चुल्होमा आगो नबलेको तत्कालीन नेकपा एमालेका धरान नगर सचिव राजमणी निरौलाले बताए। परिवारका सदस्यहरू विदेशमा रहेकोले सुब्बाको अन्तिम संस्कार आज नहुने निरौलाले बताए।

    सुब्बाकी श्रीमती र एक छोरा छन्। श्रीमती हङकङमा बस्दै आएकी छन् भने छोरा धरानमै रहेका छन्। सुब्बालार्इ पार्टीमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै अन्त्येष्टीका समयमा पार्टीले झण्डा ओढाउने र शवलार्इ नगरपरिक्रमा गराइने भएको सचिव निरौलाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]