समाज

६ दिनदेखि हराइरहेका बम मृत फेला

साउन १, २०७५

    डोटी : बोगटान गाउँपालिका-४ का एकजना मृत अवस्थामा फेला परेका छन्। बोगटान गाउँपालिका-४ जजलाका श्यामबहादुर बम मृत अवस्थामा फेला गरेका हुन्।

    छ दिनदेखि वेपत्ता भएका बम मंगलबार बिहान ११ बजे जजलाको माथि लेकमा मृत अवस्थामा फेला परेका हुन्। प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए। प्रहरी घटनास्थल पुग्न अझै केही समय लाग्ने उनले बताए।

    छ दिनदेखि वेपत्ता भएका बमको खोजी कार्य हुँदै गर्दा मंगलबार शव फेला परेको बोगटान गाउँपालिका-४ का वडा अध्यक्ष दीपबहादुर बमले बताए। साथीहरूसँग बडीकेदार गाउँपालिकाको कन्केढुङ्गा भन्ने ठाउँमा गएका श्याम बम घर नफर्किएपछि खोजीकार्य सुरु भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]