विज्ञान प्रविधि

काठमाडौंमा आईटी शैक्षिक मेला सुरु

साउन २, २०७५

    काठमाडौं : बुधबारबाट काठमाडौंमा चौंथो व्यवस्थापन तथा आईटी शैक्षिक मेला सुरु भएको छ। 

    नेपालमा आईटीतर्फ गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने विश्वास अन्तराष्ट्रिय समुदायलाई पनि दिलाउने उद्देश्यका साथ आयोजना गरिएको मेलाको उद्घाटन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन्।

    काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरिएको मेलामा ५६ वटा स्टल रहेका छन्। करिव ३८ वटा कलेजहरु सहभागी रहेको मेला आईटीमा उच्च शिक्षा हासिल गर्न चाहनेहरुका लागि अति उपयोगी हुने विश्वास लिइएको मेला आयोजक संस्था पाठशाला एजुकेशन फाउन्डेशनका निर्देशक सुवाष दंगालले बताए। आईटीको क्षेत्रको स्कोप बढदै गएकाले पनि मेला आयोजना गर्ने कामलाई निरन्तरता दिइएको पनि उनले बताए।

    २ दिनसम्म चल्ने मेलामा करिव ५ हजार ५ सय विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलाले मुलुकलाई प्रविधि मैत्री बनाउन पनि सघाउ पु¥याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]