समाज

कृषि फर्ममा आगलागी हुँदा लाखौँको क्षति

साउन २, २०७५

    दाङ : तुलसिपुर ८ अश्वारामा रहेको शिवमाया बहुउद्देशीय कृषि फर्ममा आगलागी भएको छ। बुधबार दिउँसो कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले बताइन्।

    आगलागीबाट कम्पनीका उत्पाद गरेका नमकिन तथा चिप्सहरू पूर्णरूपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ। आगलागीबाट फर्ममा झन्डै नौ लाख रुपैयाँको क्षति भएको सञ्चालक कमलापुरीले बताइन्।

    शिवमाया कृषि फर्ममा रिजम तथा प्रधानमन्त्री आधुनिकीकरण कृषि कार्यक्रमले समेत लगानी गरेका छन्। तुलसिपुर-८ अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिनहरू उत्पादन गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]