खेलकुद

जिम्बाबेलाई हराउँदै पाकिस्तानद्वारा श्रृंखला कब्जा

साउन ३, २०७५

    जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले दुई खेल अगावै जितेको छ। पहिलो र दोस्रो खेल जितेको पाकिस्तानले तेस्रो खेलमा पनि विजय हुँदै श्रृंखला आफ्नो पक्षमा पारेको हो। 

    टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो। पाकिस्तानी बलर चम्किँदा जिम्बावेका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए।

    जिम्बावेका चामु चिभाभाले १६ रन जोड्दा कप्तान ह्यामिल्टन मुसाकाज्दा र विलिङटन मुसाकाज्दाले समान १०–१० रन जोडे । जिम्बावेका खेलाडीलाई सस्तैमा समेट्न पाकिस्तानका फाहिम आश्रफले २२ रन खर्चेर ५ विकेट लिए। यस्तै जुनेद खानले दुई विकेट लिए।

    जवाफी ब्याटिङ गरेको पाकिस्तानले ६८ रनको झिनो लक्ष्य ९ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो। जिम्बावे भ्रमणमा रहेको पाकिस्तानको जितमा फखर जमानले अविजित ४३ रन जोड्दा बाबर आजमले १९ रन बनाए। इमाम उल हक सुन्य रनमा आउट भए। जिम्बावेका ब्लेसिङ मुजाराबानीले एक विकेट लिए।

    पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज जितेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]