काठमाडौं : भारतीय लोकसभा अन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ। १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि बिहान ७...
मुम्बइः भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन्।
झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन्। उनलाई भारतको फिल्म क्षेत्रमा सम्मान दिइने व्यक्तिका रुपमा लिइन्छ।
“यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,” एएफपीसँगको एउटा अन्तर्वार्तामा उनले भने। थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ।
हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए। तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ।
यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ। सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्ने भएका छन्।
हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताए।
मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु, उनले भने। हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गित गाउने काम गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।