राजनीति

सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

साउन २५, २०७५

    काठमाडौँ: चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ। भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् । 

    हातहतियार, लागू औषध ओसारपसार तथा सिमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालीमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत भएका छन् । चौथो परामर्श बैठक अर्को वर्ष नेपालमा हुनेछ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]