राजनीति

वनबाट समृद्धि हासिल गर्नुपर्छ : मन्त्री नेपाल

साउन २५, २०७५

    हेटौँडा : प्रदेश-३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले अब वनबाट समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्। तेस्रो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा शुक्रबार सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर र जिल्ला वन कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रमा बोल्दै मन्त्री नेपालले अब हरियो वन हेरेर बस्ने भन्दा पनि यसबाट आय आर्जन गरी समृद्धि हासिल गर्नुपर्ने बताएका हुन्।

    नेपालले देशमा राजनीतिक आन्दोलनको अध्याय समाप्त भएको भन्दै विद्यमान गरिबी, अभाव, अशिक्षा र पछौटेपनलाई परास्त गर्नुपर्ने बताए। प्रदेश सरकारले वनलाई स्थानीयको आय आर्जनसँग जोडेर अघि बढाउने रणनीति तयार गरेको बताए। अब हरेक स्थानीय तहमा नर्सरी स्थापना र फलफुलका विरुवा रोप्ने अभियान संचालन गर्ने मन्त्री नेपालको भनाई थियो। उनले प्रदेश-३ का ११९ स्थानीय तहका वन क्षेत्रमा ११ लाख फलफुलका विरुवा रोपिने पनि दावी गरे।

    कार्यक्रममा सामुदायिक वनतर्फ हेटौडा-६ को चित्रेपानी सामुदायिक वन प्रथम, डिपाट सामुदायिक वन दोस्राे, बुङदल सामुदायिक वन तेस्राे भएका थिए। यसैगरी राष्ट्रपति चुरे संरक्षणतर्फ चिसापानी सामुदायिक वन प्रथम, ज्योति सामुदायिक वन दोस्राे र कुखरेनी सामुदायिक वन तेस्राे भएका थिए। कबुलियति वनतर्फ भोर्ले कबुलियती वन प्रथम, ऋषिदमार कबुलियती वन दोस्राे, लिसीदमार कबुलियति वन तेस्राे र बाहुनडाँडा कबुलियती वन र बुद्धचौर कबुलियती वनले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

    हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई वन डढेलो नियन्त्रण पुरस्कार समेत प्रदान गरेको छ। कार्यालय व्यवस्थापनमा रानी सामुदायिक वन, पर्यापर्यटनमा चुच्चेखोला सामुदायिक वन, वन डढेलो नियन्त्रणमा सुन्दर सामुदायिक वन, उद्यमशीलतामा पिप्लेपोखरा सामुदायिक वन आयआर्जनमा पशुपति सामुदायिक वन, वृक्षारोपणमा मनकामना सामुदायिक वन र संचारकर्मीमा भीमसेन पौडेललाई सम्मानित गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]