समाज

वडाध्यक्षहरूको धर्ना स्थगित

साउन २५, २०७५

    पर्वत : पर्वतको पैयूँ गाउँपालिकाको कार्यालयमा तीन दिनदेखि हुँदै आएको धर्नाको कार्यक्रम शुक्रबारदेखि स्थगित भएको छ।

    गाउँपालिकाकी उप्रमुख जसमति गुरुङले गाउँपालिकाअन्तर्गत वडा ४ हुवासका वडाध्यक्ष मेहन्द्र श्रेष्ठ गाउँपालिकाको कार्यालयमा जानकारी नै नगराई जापान भ्रमणमा गएको भन्दै स्पष्टीकरणको पत्र काटेपछि नेकपाबाट विजयी बनेका श्रेष्ठ र अन्य दुईजना वडाध्यक्षहरू उमाकान्त भुर्तेल र विष्णुप्रसाद काफ्लेले बुधबारदेखि गाउँपालिकाको कार्यालयमा धर्ना दिँदै आएका थिए।

    उनीहरूले कांग्रेसबाट विजयी बनेकी गाउँपालिकाकी उपप्रमुख गुरुङले फरक राजनीतिक आस्था राखेकै कारण आँफूहरूलाई अनावश्यक दुःख र स्पष्टीकरण सोधेको आरोप लगाउँदै गुरुङको राजीनामा माग गर्दै धर्नामा बसेका थिए।

    शुक्रबार भएको वार्तामा चारबुँदे सहमति भएपछि आफ्ना विरोधका कार्यक्रमहरु फिर्ता गरिएको वडाध्यक्ष श्रेष्ठले थाहाखबरलाई बताए। वार्तामा उपाध्यक्ष गुरुङले स्पष्टीकरण सोधेर लेखेको पत्र खारेज गर्ने, सामाजिक परिचालकहरूलाई पदस्थापना गर्ने, नौजना सदस्य रहने गरी मुख्य अनुगमन समिति बनाउने र विभागीय समिति मार्फत विभिन्न आयोजनाका कामहरू अगाडि बढाउने गरी सहमति भएको छ।

    यसअगाडि तीन दिनसम्म लगातार वार्ताहरू भइरहेको भए पनि सहमति जुट्न सकेको थिएन। शुक्रबार भएको निष्कर्षसहितको वार्तामा गाउँपालिकाका प्रमुख खगेन्द्रप्रसाद तिवारी, उपप्रमुख जसमति गुरुङ, गाउँपालिकाको कार्यालयका कार्यकारी अधिकृत उज्वल भुषाल, ईलाका प्रशासन कार्यालयका प्रमुख शोभाखर पोखरेल र ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यसहित धर्नामा बसेका वडाध्यक्षहरू सहभागी भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]