समाज

मोटरसाइकल र टिपर आपसमा ठोकिँदा तीनजना गम्भीर घाइते

साउन २५, २०७५

    लहान : सप्तरीको सुरुंगा नगरपालिका ५ कुसहास्थित पूर्व-पश्चिम सडकखण्डमा शुक्रबार टिपरमा मोटरसाइकल ठोकिँदा तीनजना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएका तीनजनालाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरी विराटनगरस्थित नोवेल अस्पताल पुर्‍याएर उपचार भइरहेको प्रहरीले जनाएको छ।

    घाइते हुनेहरूमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ४ का करिब २७ वर्षीय जीवक्षा चौधरी, मोटरसाइकलमा बसेकी सप्तरीकै बलान बिहुल गाउँपालिका १ की करिब २५ वर्षीया विवाहकुमारी राम र करिब २३ वर्षीया ललिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

    पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ६८८३ नम्बरको टिपरसँग सोही दिशामा जाँदै गरेको बा ४२ प २७७९ नम्बरको मोटरसाइकल ठोकिएपछि चौधरीद्वय उछिट्टिए पनि राम भने मोटरसाइकलसहित टिपर मूनि पुगेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ठोक्किएपछि टिपरले रामसहित मोटरासइकललाई करिब २० फिट जति घिसारेको भए पनि चोटपटक मात्र लागेको छ। टिपरसँग ठोकिएर घिस्रिएको मोटरसाइकल काम नलाग्ने गरी क्षतिग्रस्त भएको छ। टिपर र चालकलाई कडरबोना प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]