छापा

ठूला नेता तानिने भएपछि ३३ किलो सुनकाण्डको प्रतिवेदन गायब

साउन २६, २०७५

    काठमाडौं : सुन तस्करीबारे छानबिन गर्न बनेको समितिले ३३ किलो सुनकण्डबारे तयार पारेको गुमनाम पारिएको छ। समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुभएको  प्रतिवेदनबारे अहिले चाइँचुइँ छैन।

    नेपाल समाचारपत्र दैनिकमा समाचार छ, करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर बनेको सुनकाण्ड प्रकरणमा नेकपा र कांग्रेसका उच्च नेताको संलग्नता रहेको पाइएपछि प्रतिवेदन गुपचुप पार्न खोजिएको हो। समितिले ३०० सयभन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको थियो।

    केही चर्चित व्यक्तिसमेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरूको आरोप छ। टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्न चलखेल भएको स्रोतको दाबी छ। बारम्बार ठूला माछानजिक पुगेको बताइरहेका गृहमन्त्री रामबहादुर थापा पनि प्रतिवेदन बुझाएपछि मौन नै छन्।

    यो काण्डमा केही समय पहिले पक्राउ परेका विमल पोद्दारले छानबिन समितिसमक्ष केही नेताको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको स्रोतको दाबी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]