छापा

नेपालमा पनि बन्ने भयो 'सिग्नेचर पुल'

प्रतीकात्मक तस्वीर
साउन २६, २०७५

    काठमाडौं : नेपालका अधिकांश पुल परम्परागत शैलीका छन्। तर अब नेपालमा पनि मौलिक संस्कृति र रहनसहन झल्किनेगरी विशेष खालका ‘सिग्नेचर पुल’को निर्माण हुने भएको छ।

    गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार देशका विभिन्न भागमा निर्माण हुन लागेका यस्ता १० वटा पुलका लागि विश्व बैंकले आर्थिक सहयोग गर्न लागेको छ। त्यसलाई अन्तिम रूप दिन आगामी भदौ ५ गते विश्व बैंक र नेपालका पदाधिकारीबीच बैठक हुन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

    थापाका अनुसार चितवनको नारायणी, रूपन्देहीको तिनाउ, झापाको रतुवा, सर्लाहीको वागमती, मकवानपुरको राप्ती, काठमाडौंको टेकुस्थित विष्णुमती, काठमाडौंका तिलगंगास्थित वागमती र कास्की पोखराको विजयपुरस्थित सेती नदीमा सिग्नेचर पुल निर्माणको अध्ययन भइरहेको छ। 

    विश्व बैंकको सहयोगमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गरिएको र मन्त्रिपरिषदबाट विश्व बैंकसँग वार्ताका लागि टोली गठन गर्न अर्थ मन्त्रालयलाई यसअघि नै निर्देशन भइसकेको जानकारी महाशाखा प्रमुख थापाले दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]