अर्थ

जीवन बिमा कम्पनीको एक वर्षमा ५२ अर्ब प्रिमियम

नेपाल लाइफको मात्रै १६ अर्ब

साउन २६, २०७५

    काठमाडौं : गत आर्थिक वर्ष  २०७४/७५ मा जीवन बिमा कम्पनीले झण्डै ५२ अर्ब रुपैयाँको बिमा शुल्क (प्रिमियम) उठाएका छन्। १८ जीवन बिमा कम्पनीले नियमक निकाय बिमा समितिमा बुझाएको प्रतिवेदनअनुसार ५१ अर्ब ७८ करोड रुपैयाँको प्रिमिय संकलन भएको हो। 

    बिमा समितले प्रिमियमा आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ४० प्रतिशतले वृद्धि भएको छ। यो वर्ष सबैभन्दा बढी प्रिमियम निजी क्षेत्रको नेपाल लाइफ इन्सुरेन्स (एनएलआइसी)ले  उठाएको छ। 

    एनएलआइसीले आर्थिक वर्ष ०७३/७४ को तुलनामा ३२.४१ प्रतिशले बिमा संकलन वृद्धि गरेको छ। ०७३/७४मा १२ अर्ब २१ करोड संकलन गरेको एनएलआइसीले १६ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम उठाएको छ। 

    एलआइसी बिमा कम्पनीले १० अर्ब ४९ करोड, मेटलाइफले तीन अर्ब ६१ करोड एसियन लाइफले तीन अर्ब एक करोडभन्दा बढी प्रिमियम संकलन गर्दा सरकारी स्वामितित्वको राष्ट्रिय बिमा संस्थानले दुई अर्ब ९९ करोडको प्रिमियम संकलन गरेको छ। २०७३/०७४ को तुलनामा सबैभन्दा कम वृद्धिदर कायम गर्ने बिमा संस्थान रहेको छ। 

    त्यस्तै पुरानाहरूमध्ये प्राइमलाइफले दुई अर्ब ३७ करोड, सूर्या लाइफले एक अर्ब ७३ करोड, गुराँस लाइफले एक अर्ब ५२ करोड र नेशनल लाइफले झण्डै ६० करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। 

    गत वर्ष थपिएका नौ जीवन बिमा कम्पनीले पनि उल्लेख्य प्रिमियम उठाएको देखिएको छ। नौ कम्पनीले वर्षभर कारोबार नगरेर पनि तीन अर्बभन्दा बढीको प्रिमियम उठाएका छन्। थपिएका नौ जीवन बिमामध्ये सबैभन्दा बढी आक्रामक युनियन लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ र सिटिजन लाइफ देखिएका छन्। 
    यी चार जीवन बिमा कम्पनीले क्रमश: ८४ करोड ९४ लाख, ५२ करोड २३ लाख ४२ करोड ७७ लाख र ४० करोड ३७ लाखभन्दा बढी प्रिमियम संकलन गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]