समाज

अन्तर्राष्ट्रिय रत्नबाट सुमार्गी दम्पति सम्मानित

साउन २६, २०७५

    हेटौँडा : हेटौँडा एकेडेमीका अध्यक्ष एवं युवा उद्यमी अरुणराज सुमार्गीलाई अन्तर्राष्ट्रिय रत्न सम्मानबाट शनिबार सम्मानित गरिएको छ। हेटौँडामा सुरू भएको नेपाल-भारत साहित्य महोत्सवमा भारतको कान्तिधारा साहित्य एकेडेमीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका सुमार्गीलाई नेपाल-भारत अन्तर्राष्ट्रिय रत्न सम्मानबाट सम्मानित गरिएको हो। त्यसैगरी, एकेडेमीका तर्फबाट हेटौँडा एकेडेमीकी निर्देशक अंकिता सुमार्गीलाई पनि अन्तर्राष्ट्रिय रत्नबाट सम्मानित गरिएको थियो।

    नेपाली वरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय वरिष्ठ साहित्यकार डा. विजय पण्डितको विषेश आतिथ्यतामा उक्त कार्यक्रम भएको हो। कार्यक्रममा भारतीय कविहरू डा. सरोजनी तनह, दिलदार देहल्वी, बीरसिंह मारतण्ड, सुरेखा कादियान, नेपाली कविहरू पुरुषोत्तम आचार्य, छवि अनित्य, सुभाष खनाल, भावना सापकोटा, ह्याग्रिव आचार्य, अंकिता सुमार्गीलगायतले कविता वाचन गरेका थिए।

    ७५ जना भारतीय कविले साहित्यिक कार्यक्रमसँगै हेटौँडाको पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेका थिए भने तीन दिने महोत्सवअन्तर्गत पहिलो दिन हेटौँडा एकेडेमी परिसरमा वृक्षारोपण गरेका थिए। भारतीय साहित्यकार मनोज कुमारले चम्पारणबाट ल्याएको अशोक, चम्पालगायतका विरुवा रोपिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]