समाज

चार दिन उद्योगमा लोडसेडिङ हुने

साउन २७, २०७५

    काठमाडौंः नेपाल विद्युत प्राधिकरणले आगामी चार दिनसम्म साँझको समयमा उद्योगहरूमा लोडसेडिङ हुने जनाएको छ। भारतबाट आउने एक सय मेगावाट विजुलीको प्रशारण लाइन अबरुद्ध हुने भएसँगै उद्योगमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

    भारतबाट आउने प्रशारण लाइनमा क्षमता विस्तारको काम हुँदैछ। ढल्केबर–मुजफ्फरपुरसम्मको प्रशारण लाइनको क्षमता विस्तार हुने भएकोले सोमबारदेखि चारदिनसम्म साँझमा विद्युत आपूर्तिमा समस्या आउने विद्युत प्राधिकरणले जनाएको छ। प्राधिरकणले सर्वसाधारणको नभएर उद्योगधन्दाको प्रशारण काट्ने तयारी गरेको छ।

    धनुषामा निर्माण गरिएको २२० केभीको ढल्केबर सबस्टेशनको स्तरोन्नती गर्न लागिएको हो। हालसम्म उक्त सब स्टेशनमा १३२ केभीको सञ्चालन क्षमता रहेको छ। उक्त सबस्टेशनको स्तरोन्नती गरिएसँगै भारतबाट आयात गर्ने विजुली एक सय ५० मेगावाटसम्म बढाउन सकिने विद्युत प्राधिकरणले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]