समाज : सुरक्षा/अपराध

प्रकाण्डविरुद्ध ७ करोड चन्दा असुलीको अभियोग, तीन दिन हिरासतको म्याद थप

साउन २७, २०७५

    काठमाडौं : चन्दा असुलीमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप तीन दिन हिरासतमा राखिने भएको छ। नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले साउन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर पाँच दिनका लागि हिरासतमा राखेको थियो।

    प्रकाण्डलाई विभिन्न व्यक्तिहरूबाट सात करोड चन्दा असुली गरेको अभियोग लगाइएको छ। उनले उद्योगपति, व्यवसायीबाट चन्दा असुली गरेको प्रहरीको भनाइ रहेको छ। उनीमाथि चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको हो।  

    पाँच दिनको हिरासत समय सकिएपछि प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंबाट तीन दिनको आदेश लिएको हो।

    चन्दा संकलन लगायतका अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले प्रकाण्डमाथि अनुसन्धान गरिरहेको र समय नपुगेकाले जिल्ला अदालतबाट समय थप गरिएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]