विश्व

आफन्त भेट्न  उत्तर कोरिया पुगे दक्षिण कोरियाली नागरिक

भदौ ४, २०७५

    दुई कोरिया विभाजनका कारण छुट्टिएका दक्षिण र उत्तर कोरियाका दर्जनौं परिवारबीच पुर्नमिलन हुने भएको छ। तीन वर्षपछि हुन लागेको सो पुनर्मिलनका लागि दक्षिण कोरियालीहरु उत्तर कोरिया पुगेका छन्।

    आफ्ना छुट्टिएका परिवारलाई भेट्न उत्तर कोरिया जान लागेको टोलीमा १०० दक्षिण कोरियालीहरू रहेका छन्। तीमध्ये अधिकांश वृद्धवृद्धा छन्। उनीहरू सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेला परिवारबाट छुट्टिएका थिए। दक्षिण र उत्तर कोरियामा विभाजित परिवारबीचको पुनर्मिलन  कार्यक्रम पर्यटकीय स्थल माउन्ट कुम्गाङ्गमा हुने जनाइएको छ।   

    विगतमा पनि यस्ता खाले पुनर्मिलनका कार्यक्रम हुने गरे पनि ८० वर्षको उमेर टेकिसकेका कोरियालीका यो कार्यक्रम झण्डै ६० वर्ष यता पहिलो पटक गर्न लागिएको हो। दक्षिण कोरियाली रेड क्रसमा ५७ हजार दक्षिण कोरियालीहरूले उत्तरमा रहेका छुट्टिएका परिवारका सदस्यसँग पुनर्मिलनका लागि आवेदन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]