अर्थ

लक्ष्यभन्दा बढी राजस्व संकलन

भदौ ४, २०७५

    पर्सा : आर्थिक वर्ष ०७४⁄०७५ मा राजस्व लक्ष्य भेट्न नसकेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भेट्न सफल भएको छ। 

    भंसार विभागले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनका लागि वीरगन्ज भन्सार कार्यालयलाई १२ अर्ब एक करोड २४ लाख नौ हजार लक्ष्य दिएकोमा कार्यालयले लक्ष्यभन्दा ६० करोड ६३ लाख ८२ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख सेवन्तक पोख्रेलले जानकारी दिए।

    उक्त रकम लक्ष्यभन्दा पाँच दशमलब ०५ प्रतिशत बढी हो। साउनमा वीरगन्ज भन्सार कार्यालयले १२ अर्ब ६१ करोड ८७  लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको साउनमा कार्यालयले लक्ष्यभन्दा ७  दशमलब २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो। 

    वीरगन्ज भन्सार कार्यालयले नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी) र वीरगन्ज भन्सार कार्यालयबाट पनि आयात निर्यातको निगरानी बढाइरहँदा र भन्सार दरको लक्ष्यको सीमा निर्धारणमा पनि केही रुपान्तरण हुँदा लक्ष्य भेट्न सकिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए। त्यसको अलावा आयातित वस्तुको परिणाममा पनि केही बढोत्तरी हुँदा राजस्व बढ्न गएको हुन सक्ने उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]