समाज

कार्तिक दोस्रो साता कुखुरा अन्तराष्ट्रिय बैज्ञानिकहरुको सम्मेलन हुने

भदौ ४, २०७५

    काठमाडौंः आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनमा कुखुरासम्बन्धि बैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालय परिसरमा कुखुरा सम्बन्धि अन्तराष्ट्रिय बैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराइएको हो।

    कुखुराको उचित व्यवस्थापन गरी मुलुकलाई समृद्ध बनाउन आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यका साथ कुखुरासम्बन्धि अन्तराष्ट्रिय बैज्ञानिकहरुको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिकी अध्यक्ष  डा. शारदा थपलियाले जानकारी दिइन्।

    सम्मेलनमा भारत, जापान, अष्ट्रेलिया, जर्मन, बंगलादेश, इजिप्टलगायतका १० वटा देशका ५० भन्दा बढि कुखुरा बैज्ञानिकहरु सहभागी हुनेछन्।

    नेपालमा हाल कुखुरा पालनबाट वार्षिक ३३ अरव ३२ करोड आम्दानी हुन गरेको सरकारी तथ्यांक छ। सम्मेलन कुखुरी पालनका क्षेत्रमा कार्यरत कृषकहरुलाई बढि उपयोगी हुने पनि अध्यक्ष थपलियाले बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]