समाज

चितवनमा पर्यटक आगमन बढ्यो

फाइल तस्बिर
भदौ ५, २०७५

    चितवन : चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या क्रमशः वृद्धि हुन थालेको छ। २०७२ को गोरखा भूकम्प, भारतको नाकाबन्दी र मुग्लिन–नारायणगढ सडक अवरोधका कारण पर्यटन आगमन प्रभावित हुँदै आएको थियो। 

    तर, अहिले पर्यटकहरुको संख्या क्रमशः वृद्धि हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। उनकानुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निकुञ्ज घुम्ने पर्यटकको संख्या आठ हजार ३९४ छ। अघिल्लो आर्थिक वर्षको सोही महिना छ हजार ५२२ पर्यटकले निकुञ्ज घुमेका थिए।

    आर्थिक वर्ष २०७३/७४ को साउनमा सात हजार ४४२ तथा २०७२/७३ को साउनमा दुई हजार ६९० पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ।

    चालु आर्थिक वर्षको पहिलो महिनामा पर्यटक वृद्धि देखिनु यो वर्षकै लागि सुखद् भएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले बताए। उनका अनुसार मुग्लिन–नारायणगढ सडक निर्माण सम्पन्न भएको र राजनीतिक समस्या समेत नभएकाले यो वर्ष पर्यटक आउनेमा व्यवसायीहरु आशावादी छन्।

    वार्षिक रुपमा समेत २०७२ पछि चितवनमा पर्यटक आगमन क्रमशः बढ्दे गएको तथ्यांकले देखाएको छ। निकुञ्ज कार्यालयको तथ्यांक अनुसार अनुसार आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। आर्थिक वर्ष २०७३/७४ मा एक लाख ३९ हजार ९७८ जना र २०७४/७५ मा एक लाख ५२ हजार ६७१ पर्यटक आएका थिए। 

    चितवनमा मुख्यगरी हात्ती सफारी, जीप सफारी, डुंगा सफारीमार्फत गैंडा, बाघलगायत वन्यजन्तुको अवलोकन तथा स्थानीय संस्कृति तथा चरा अवलोकनका लागि पर्यटकहरु आउने गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]