विश्व

भारतीयको घेराउमा परेका सिद्धूको बचाउ गर्दै पाकिस्तानी प्रधानमन्त्री

भदौ ५, २०७५

    नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानको शपथ ग्रहणमा पुगेपछि पूर्वक्रिकेटर एवं कांग्रेसका नेता नवजोत सिंह सिद्धू यतिबेला भारतीय जनताको चौतर्फी घेराउमा परेका छन्। सिद्धू भारतीय जनताबाट घेराउमा परेपछि स्वयं पाकिस्तानी प्रधानमन्त्री इमरान नै उनको बचाउमा लागेका छन्।

    इमरानले सिद्धूको बचाउ गर्दै उनलाई पाकिस्तान आउने शान्तिका दूतको उपमा दिएका छन्। इमरानले आफ्नो आफिसियल ट्विटरबाट सिद्धूलाई भारतबाट पाकिस्तान आएका शान्तिका दूत भन्दै यदि उनीमाथि कुनै पनि प्रकारको आलोचना भए शान्तिका लागि हानिकारक हुनेसमेत उल्लेख गरेका छन्। उनले आफ्नो ट्विटमा लामो समयदेखि विवादमा रहेको कश्मीरसहितका सम्पूर्ण मुद्दाहरू वार्ताको माध्यमबाट किनारा लगाउन सकिनेसमेत उल्लेख गरेका छन्।

    इमरानको शपथ ग्रहणका क्रममा पाकिस्तानी सेना प्रमुखसँगै बसेपछि भारतीय जनता सिद्धूमाथि आक्रोशित बनेका हुन्। यसअघि सिद्धूले पत्रकार सम्मेलनमार्फत् यसbविषयमा स्पष्टीकरण दिएका थिए। उनले आफ्नो स्पष्टीकरणमा पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवासँग शपथ ग्रहणका क्रममा मात्रै भेटवार्ता गरेको उल्लेख गरेका थिए।

    पाकिस्तानी सेना प्रमुखलाई भेटेको विषयलाई लिएर भारतको बिहारमा सिद्धूविरुद्ध राजद्रोहका साथै भारतीय दण्ड संहिताका उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरिएको छ। अधिवक्ता सुधीर ओझाले बिहारस्थित मुजफ्फरपुरका मुख्य न्यायिक दण्डाधिकारीसमक्ष मुद्दा दायर गरेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]