अर्थ

एक वर्षमा साढे १७ अर्बको वैदेशिक लगानी भित्रियो

भदौ ५, २०७५

    काठमाडौं : पछिल्लो एक वर्षमा साढे १७ अर्ब रुपैयाँ भन्दा बढीको बैदेशिक लगानी (एफडिआइ) नेपाल भित्र भित्र्यीएको छ।  नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७४/०७५ को १२ महिनाको तथ्यांक अनुसार एक वर्षमा १७ अर्ब ५१ करोड रुपैयाँ भित्रीएको हो।

    अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले वैदेशिक लगानी बढेको राष्ट्र बैकको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७३/०७४ मा १३ अर्ब ५० करोडको एफडिआइ आएकोमा एक वर्षमा चार अर्ब एक करोड रुपैयाँ वृद्धि भइ १७ अर्ब ५१ करोड रुपैयाँको लगानी नेपाल भित्रिएको छ।

    प्रतिवद्धताको तुलनामा भने यो रकम जम्मा साढे ३१ प्रतिशत मात्रै आएको छ। समिक्षा वर्षमा ५५ अर्ब ६४ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा १७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको हो। एफडिआइको रुपमा भित्रीएको सबै रकम २०७३/०७४ मा गरिएको प्रतिवद्धता भने हैन।

    पछिल्लो एक महिनामा मात्रै नेपाल राष्ट्र बैंकबाट एक अर्ब ६५ करोड रुपैयाँको एपडिआइ भित्रीएको छ। जेठ मसान्तसम्म १५ अर्ब ८६ करोड रुपैयाँको एफडिआइ आएकोमा एक असार मसान्तसम्ममा १७ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो।

    भित्रिएको एफडिआइमध्ये सबैभन्दा बढी जलविद्युत क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]