पर्वत : पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ। मदिरा ब्रान्डिङका लागि पालिकाले अनु...
काठमाडौं : संचय कोषले करिब तीन खर्ब रुपैयाँ लगानी विस्तार गरेको छ। कोषले आइतबार उपलब्ध गराएको विवरण अनुसार कुल लगानी दुई खर्ब ८७ अर्ब ७८ करोड रुपैयाँ पुगेकाे छ।
कोषले सञ्चयकर्तालाई विषेश सापटी, घर सापटी, शैक्षिक कर्जा, सञ्चयकर्ता सरल चक्र कर्जा, घर मर्मत सापटी जस्ता सुविधाहरु दिदै आएको छ। काेषकाे माैज्दात रकम दुई खर्ब ७८ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
आइतबार स्थापना दिवसको अवसरमा कोषले सबै संघसंस्था तथा कम्पनीलाई आफ्ना कामदार तथा कर्मचारीको सञ्चय कोष कट्टि गरी कोषमा आवद्ध गराउन आग्रह गरेको छ। स्थापना दिवसको अवसरमा कोषले आफ्नो कार्यक्षेत्र र दायरा विस्तार गर्ने जनाएको छ।
आवास तथा पुर्वाधार विकासका क्षेत्रको लगानीलाई प्राथमिकता दिने, प्रविधिमैत्री र गुणात्मक सेवा दिने, सञ्चयकर्तालाई आकर्षक प्रतिफल सहित सामाजिक सुरक्षा प्रदान गर्ने र संगठनको संरचना पुनरावलोकन गरी कोषको संस्थागत क्षमता अभिवृद्धि गर्ने योजना रहेको कोषले जनाएको छ। सञ्चय कोषमा हाल ६ लाख सञ्चय कर्ता रहेका छन् । कोषमा करकट्टी गरी पठाउने कार्यालयको संख्या २५ हजार ६ सय रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।