समाज : सुरक्षा/अपराध

एकै दिन सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाए

कात्तिक ९, २०७५

    काठमाडौं : देशका बिभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी शुक्रबार ६ जनाले ज्यान गुमाएकमा छन्। दुर्घटना काठमाडौं लगायत सप्तरी, मोरङ, धादिङ र सर्लाहीमा भएको थियो।

    काठमाडौंको तारकेश्वर नगरपालिका - ५ लोलाङ्ग हाईटमा बिहान भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए। ना ६ ख ७८२६ नम्बरको ट्रकले ठक्कर दिँदा गोरखा शहिद लखन गाउँपालिका - ७ की पैदलयात्री ७० वर्षीया तिलकुमारी तिवारीको घटनास्थलमै र उनकी नाती ३ वर्षीय आजित तिवारीको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको थियो।

    त्यस्तै सप्तरी रुपनी गाउँपालिका २ राजबिराज ना ३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा राजबिराज २ कै ६ वर्षीय शिवमकुमार यादव रहेका छन्। उनको सगरमाथा अञ्चल अस्पताल राजबिराज लिदै गर्दा बाटोमै मृत्यु भएको हो। त्यसैगरि मोरङ उर्लाबारी नगरपालिका ९ मा को ३५ प ९७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाहुदा उर्लाबारी सुठुनी डाँडाका २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको छ।

    यता धादिङ थाक्रे गाउँपालिका ६ महादेवबेशीस्थित पृथ्वी राजमार्गमा ना ६ ख २३७३ नम्बरको ट्रकले पैदलयात्री २८ वर्षीय मनोज मिजारको मृत्यु भएको छ। सर्लाही गोडैता नगरपालिका ४ रहुवास्थितमा समेत ना ३ त १७९८ नम्बरको ट्याक्टरको ठक्करबाट सर्लाही भगवतीपुरका सुजय बैठाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]