छापा

काठेपुल तर्न पनि शुल्क, हिँडेर तर्दा १५, मोटरसाइकल तार्दा ३५ रुपैयाँ

पुस १५, २०७५

    काठमाडौं : जम्मा एक लाख रुपैयाँ लगानी गरे काठेपुल बन्न सक्छ। जनता सजिलै आवतजावत गर्न सक्छन्।

    तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको श्रोत बनाएको छ। स्थानीय जनताले प्रत्येकपटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाईकल तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

    पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वर्षीक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ। गाउँपालिकाभित्र पर्ने मोहना, निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकामार्फत काठेपुल बनाइएका छन्।

    गाउँपालिका कार्यालयले काठेपुल निर्माण गरेर कर उठाउन ठेकेदार खटाएको छ। गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले विगतदेखि नै हुँदै आएको ठेक्का गाउँपालिकाले निरन्तरता दिएको हो। जनप्रतिनिधी आएपछि पैसा तिरेर खोला तर्नुपर्ने बाध्यता अन्त्य हुने आश गरेका स्थानीय अहिले शुल्क निर्तुपर्दा खिन्न छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]