विश्व

बंगलादेशमा संसदीय चुनाव आज

पुस १५, २०७५

    बंगलादेशमा आज संसदीय निर्वाचन हुँदैछ। 

    तीन सय सिटका लागि हुने प्रत्यक्ष निर्वाचनमा  १० करोड मतदाताले ४० हजार १ सय ९९ मतदान केन्द्रमा मतदान गर्नेछन्।  निर्वाचनमा सत्तारुढ अवामि लिग र प्रतिपक्षी बंगलादेश नेशनलिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुनेछ। निर्वाचनको सुरक्षाका लागि ६ लाख सुरक्षाकर्मी खटाईएको छ। 

    तीन सय ५० सदस्यीय संसदमा ३ सय सिटका लागी प्रत्यक्ष निर्वाचन हुने छ भने बाँकी ५० सिटमा महिला प्रतिनिधि मनोनित हुनेछन्।   मौन अवधि सुरु भएदेखी नै बंगलादेशमा ईन्टरनेट सेवा आज मध्यराति सम्मका लागि बन्द गरिएको छ।

    चुनाव अघि भएका प्रदर्शनका त्रलममा ५ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ८२ जना घाईते भएका छन्। प्रधानमन्त्री शेख हसिना र पूर्व प्रधानमन्त्री खालिदा जियाबीचको कडा टक्करका रुपमा यो निर्वाचनलाई लिईएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]