समाज

सुदूरपश्चिममा 'ठूलीरात' मनाइँदै

पुस १५, २०७५

    बैतडी : आज पुस १५, सुदूरपश्चिममा ठूलीरात तथा पुसे १५ का रुपमा धुमधामसँग मनाइदै छ। आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई  ठूलीरात मानी मिठो मिठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाई गर्ने चलन रहेको पण्डित दया कृष्ण पन्तले बताए। उनले भने ‘रातभरी कथा, कहानी (स्थानिय भाषामा आईना,बातै ) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ।’

    पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकारहरु बनाएर खाने गरिन्छ। तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा खाने गरिन्छ। तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ। यो समयमा चिसो हुने भएकाले यसबाट बच्न र शरिर समेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित पन्तको भनाइ छ। 

    डिसेम्बर २२ लाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]