समाज

प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाइ आज

पुस १५, २०७५

    काठमाडौं :  संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदीय सुनुवाईका लागि बोलाएको छ।

    समिति सचिवालय सिँहदरबारमा आइतबार दिउँसो २ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश जबरासँग छलफल गर्ने कार्यसुची रहेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  संसदीय सुनुवाइ समिति समक्ष आफूमाथि उठेका प्रश्न को जवाफ दिनेछन्। त्यसपछि सुनुवाइ समितिले उनलाई सर्वोच्चको नेतृत्वमा स्वीकार गर्ने नगर्ने भन्ने निर्णय गर्नेछ। सुनुवाइ समितिले जबरालाई प्रधानन्यायाधीशमा स्वीकार गरे राष्ट्रपतिले शपथ गराएर यहिँ पुस १७ गतेबाट उनले प्रधानन्यायाधीश भएर काम गर्नेछन्।

    समितिले यसअघि दुई दिन अघिमात्र जवराविरुद्धका उजुरीकर्तासँग छलफल गरेको थियो। जवराविरुद्ध ९ वटा उजुरी परेका छन्। जबराको इजलासबाट भएका न्यायसम्पादन स्वच्छ र निष्पक्ष नहुने उजुरी पनि परेका छन्। संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। 

    वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ गते अनिवार्य अवकाश पाउन लागेकोले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्नु पर्ने छ। सुनुवाई समितिको सिफारिसमा राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ती गर्ने व्यवस्था नेपालको संविधानमा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]