साहित्य

'नथिया' र 'आफर'लाई पहिचान पुरस्कार

पुस १५, २०७५

    काठमाडौं:  यस वर्षको पहिचान पुरस्कार पुरस्कार सरस्वती प्रतिक्षाको  उपन्यास 'नथिया' र उन्मुक्त पुस्ताको कविता कृति 'आफर'लाई  संयुक्त रूपमा  प्रदान गरिने भएको छ। पहिचान पुरस्कार कोषको शनिबार बेलायतको लन्डनमा बसेको बैठकले २०७६ सालको पहिचान पुरस्कार 'आफर' र 'नथिया'लाई दिने निर्णय गरेको हो। पुरस्कारको राशी दुई लाख दुई हजार २०० रुपैयाँ रहेको छ।

    कोषले पुरस्कारका लागि  'आफर, नथिया, वसन्त बस्नेतको ‘७२ का विस्मय’, नवीन जिरेलको ‘भीषण दिनहरू’ र गणेश राईको ‘फोकल्यान्ड जर्नल’ मनोनित भएका थिए।

    आफर सामुहिक रूपमा लेखिएको कविता कृति सामुहिक हो। समता फाउन्डेसनले प्रकाशन गरेको कृती आफरमा  प्रकाश गुरागाइँ, माधव घिमिरे अटल, बिनाबी, केशरी अमगाईँ,केशव सिलवाल, मुक्तान थेबा, राजु स्याङतान र हरिशरण परियारका प्रतिनिधि ३३ कविताहरु संग्रहित छन्। 

    यस्तै, नथिया यस वर्षको चर्चित उपन्यास हो। कविबाट उपन्यासकार बनेकी प्रतिक्षाले नथियामा दाङको पश्चिम-उत्तर क्षेत्रमा अपहेलित रुपमा रहँदै आएका वादी महिलाको कथालाई  प्रस्तुत गरेकी छन्। यसमा ०३६ देखि ०४६ सालसम्मको कथालाई समेटिएको छ ।

    पहिचान पुरस्कारको यो चौथो संस्करण हो। पहिचान पुरस्कार कोष २०७२ सालमा स्थापना भएको हो। यसअघि राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइँया’ले यस पुरस्कार पाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]