राजनीति

सडक विभागप्रति असन्तुष्ट मन्त्री महासेठ : इमानदारीसाथ काम नगरे कडा कारबाही

फाइल फोटो
पुस १५, २०७५

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

    मन्त्री महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभागलगायतका संस्थामाथि कडा कारबाही गर्ने चेतावनी पनि दिएका छन्।

    मन्त्री महासेठले सडक विभागकै कारण काठमाडौंको सडकमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको धारणा राखे। स्रोत र साधनको दुरुपयोग नभएको भए काठमाडौंको सडक व्यवस्थित भइसकेको हुने मन्त्री महासेठको भनाई छ। आइतबार काठमाडौंमा आयोजित सडक विभाग, नेपालको १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले आगामी चैत्र महिना भित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभागलगायतका संस्थाहरूलाई सरकारले गतिशील बनाइरहेको दाबी गरे।

    मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको जानकारी दिए। उनले सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको बताए।

    मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनु परेकाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्पष्टिकरण दिए। उनले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि सडक विभागका कार्यालय स्थापना गर्ने तयारी भइरहेको पनि बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]