समाज

मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

पुस १५, २०७५

    तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ गुणादीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ। ऋषिङ गाउँपालिका बस्ने १८ वर्षीया प्रमिसा थापा मगरको मृत्यु भएको हो।

    गम्भिर घाइते थापाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग११प ५५०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको अर्यालले बताए।

    ‘मोटरसाइकल पछाडि सवार थापाको दुर्घटना लगत्तै उपचारका लागि पोखरा लगिएको थियो, उनको उपचारकै क्रममा पोखरामा मृत्यु भएको हो,’ उनले भने। मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]