समाज

पाटन-मेलौली-पञ्चेश्वर सडकको भाडादर निर्धारण

पुस १६, २०७५

    बैतडी : जिप व्यवसायीले मनोमानी भाडा लिइरहको यात्रुको चर्को आलोचना आइरहेका बेला अस्थायी ट्राफिक प्रहरी पोष्ट पाटन र सेती-महाकाली यातायात व्यवसायी समिति शाखा पाटनले मनोमानी भाडा नियन्त्रणका लागि पहल थालेका छन्।

    अस्थायी ट्राफिक प्रहरी पोष्ट पाटन र सेती महाकाली यातायात व्यवसायी समिति शाखा पाटनले पाटन-मेलौली-पञ्चेश्वर सडकखण्डमा सञ्चालित सार्वजनिक सवारी साधनहरूमा भाडा लिस्ट टाँसेको छ। उक्त सडक खण्डमा सञ्चालित प्रत्येक सार्वजनिक सवारी साधनमा भाडादर टाँसिएको सेती-महाकाली यातायात व्यवसायी समिति शाखा पाटनका बुकिंग कलर्क दिनेश विष्टले जानकारी दिए। यसअघि कच्ची सडकको भाडा प्रतिकिलोमिटर साढे सात रुपैयाँ भएको भए पनि पछिल्लो पटक १० प्रतिशत भाडा बढेको हो।

    प्रति किलोमिटर ८ रुपैयाँका दरले भाडादर निर्धारण गर्दै मेलौलीसम्मको ३८ किलोमिटरको भाडा ३१५ तोकिएको छ। यसका साथै पाटनमा यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा चेतनामूलक कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा यात्रु, विद्यार्थी, स्थानीय व्यापारी, सवारीचालक लगायत सरोकारवाला निकाय सबैको सहभागिता रहेको थियो। कार्यक्रममा तोकिएको भाडा तिर्न तथा ट्राफिक नियम पालनाको विषयमा पनि जानकारी गराइएको थियो।

    प्रत्येक सवारी साधनमा भाडादर टाँस गरिएको र उक्त भाडादर भन्दा बढी भाडा लिने सवारी चालकलाई कारवाही हुने अस्थायी ट्राफिक प्रहरी पोष्ट पाटनका इञ्चार्ज तथा प्रहरी हवल्दार ताराप्रसाद पन्तले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]