छापा

मातृभाषा ८ सम्म पढाउन प्रस्ताव

फाइल फोटो
पुस १६, २०७५

    काठमाडौं उच्चस्तरीय शिक्षा आयोगले कक्षा ८ सम्म मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा प्रणाली लागू गर्न प्रस्ताव गरेको छ। आयोगले मातृभाषामा व्यवहार नगरिँदा भर्ना भएका हजारौँ बालबालिकाले बिचैमा पढाइ छाड्नुपरेको औँल्याउँदै त्यस्तो प्रस्ताव अघि सारेको हो।

    कान्तिपुर दैनिकमा समाचार छ, साना कक्षामा बालबालिकालाई पठनपाठन गर्दा मातृभाषाकै माध्यमबाट बुझाउनुपर्ने आयोगको सुझाव छ। मातृभाषमा आधारित शिक्षा कार्यान्वयनका निम्ति विद्यालयलाई तीन प्रकारमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ। विद्यालय सेवा क्षेत्रमा एकल मातृभाषी समुदायका विद्यार्थी, दुई भाषिक समुदायका विद्यार्थी र दुईभन्दा बढी भाषा प्रयोग हुने समुदायका विद्यार्थी लक्षित छ।

    अभिभावकहरू भने आफ्ना छोराछोरीलाई अंग्रेजी शिक्षा पढाउनेतर्फ आकर्षित भइरहेका छन्। आयोगले शैक्षिक गुणस्तरका नाममा अंग्रेजी माध्यमबाट पठनपाठन गर्दा बालबालिकाले घोकेका भरमा अंक पाए पनि सिकाइको आधार खस्किएको औँल्याएको छ। ‘मातृभाषालाई माध्यम भाषका रूपमा छनोट गरी कार्यान्वयनमा लैजानु, द्वैभाषिक र बहुभाषिक शिक्षणका लागि शिक्षक तयार गर्नु चुनौतीपूर्ण छ’, प्रतिवेदनमा छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]