स्वास्थ्य

शरीरमा ट्याटू बनाउँनेलाई हुन्छ क्यान्सरको जोखिम

पुस १६, २०७५

    काठमाडौं :अचेल विशेष गरी युवामा शरीरको विभिन्न भागमा विभिन्न थरिका ट्याटू खोप्ने प्रचलन बढ्दै छ। आफूलाई आकर्षक र स्टाइल देखाउन शरीरमा कालो तथा विभिन्न रङको ट्याटू शरीरमा बनाउँदा यस्ता ट्याटूले गम्भीर खालको शारीरक समस्या निम्त्याउने  अनुसन्धानले देखाएकाे छ। तत्कालीन र दीर्घकालीन रुपमा बनाइने यस्ता ट्याटूले तत्कालीन रुपमा छालामा संक्रमण हुनेदेखि भविष्यमा छालाको क्यान्सर हुने सम्मको जोखिम हुन्छ।

    ट्याटूमा संक्रमण तथा एलर्जी

    ट्याटू बनाउनु अगाडि मान्छेले कहिल्यै ध्यान दिएको पाइदैन यसले कत्तिको असर गर्छ भनेर। तर ट्याटूले तत्कालीन रुपमा संक्रमण हुने तथा एलर्जी हुने समस्या बढाउनुका साथै गम्भीर खालको बिरामी समेत बनाउने गर्छ। ट्याटू बनाएको केही महिनापछि विस्तारै ट्याटू बनाएको भाग वरपर मसिना खटिरा हुने चिलाउने जस्ता समस्या देखिने गर्छ। यस्तै ब्याक्टेरियाले संक्रमण हुने समेत खतरा हुन्छ।

     स्थायी र अस्थायी ट्याटू दुवै खतरनाक

    अस्थायी अर्थात  केही समयको लागिको लागि बनाइएको नक्कली ट्याटू होस् शरीरको लागि दुवै घातक हुन्छ। दुबै प्रकारका ट्याटूले रक्तसञ्चारमा समस्या हुनुका साथै छालामा समस्या निम्त्याउने गर्छ।

    क्यान्सरको संभावना

    ट्याटू बनाएको लामो समयपछि सो ठाउँमा घाउ बनेर क्यान्सर हुने जोखिम धेरै हुन्छ। यस्तै ट्याटू खोप्नेहरूको लागि हेपेटाइटिस, चर्म रोग, एचआइभी संक्रमण तथा छालाको क्यान्सर हुने जोखिम पनि उति नै हुन्छ। ट्याटू बनाउँदा प्रयोग गर्ने विभिन्न खालका रसायनले गर्दा समयक्रममा छालाको क्यान्सर हुने सम्भावना ७० प्रतिशत हुने गर्छ।

    ट्याटू बनाउन प्रयोग गरिने रसायन

    यूरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले गरेको एक अनुसन्धानअनुसार ट्याटू बनाउँदा प्रयोग गरिने निलो रंगमा एल्मुनियम तथा कोबाल्ट तत्व हुने गर्छ। यस्तै रातो बनाउन प्रयोग गरिने रंग मरक्यूरियल सल्फाइड हुन्छ। यस्तै टाइटेनियम, शिशा, निकल और क्रोमियम हुने गर्छ। जसले छालाको क्यान्सर तथा अन्य विभिन्न खालका संक्रमण हुने जोखिम धेरै हुन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]