राजनीति

कर्मचारी नियुक्तिविरुद्ध अनिश्चितकालका लागि तालाबन्दी

पुस १६, २०७५

    ओखलढुङ्गा : नेकपा चम्पादेबीले गाउँपालिका कार्यालयमा ताला बन्दी गरेको छ। गाउँपालिकाले नियम बिपरित शिक्षक, इन्जिनीयर,सवइन्जिनीयर तथा प्रविधिक कर्मचारी नियुक्तिबिरुद्ध गाउँपालिका कार्यालयमा ताला लगाइएको हो।

    गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ विपरित र स्थानीय सरकारका ऐन तथा कानुन निर्माण भई नसेकेको अवस्थामा कर्मचारी नियुक्ति लगायत अन्य काम गरेको भन्दै नेपाल कम्युष्टि पार्टी (नेकपा) चम्पादेवी गाउँपालिकाले पुस १४ गते गाउँपालिका कार्यालयमा ९ बुँदे ध्यान आकर्षणपत्र समेत पेस गरेको थियो।

    चम्पादेवी गाउँपालिकामा विगत लामो समयदेखि कर्मचारी भर्नादेखि विकास निर्माणका काममा अनियमतिता भएको र त्यसका लागि आफूहरूले गाउँपालिका जनप्रतिनिधिलाई सचेत भई सुध्रिन भने पनि अझै अनियमतीता बढेका कारण आफुहरु चरण बद्ध आन्दोलनमा होमिएको नेकपा ओखलढुंगाका युवा नेता बिनोद सुनुवारले बताए।

    गाउँपालिकामा अनियमतिता बढेको, विकासका काममा आफ्ना पार्टी कार्यकर्तालाई उपभोक्ता समितिमा राखी कमै नगरी नक्कली बिल भर्पाई बनाई रकम निकासा गरेको शिक्षक तथा कर्मचारी भर्ना गर्दा आफ्ना कार्यकर्तालाई प्राथमिकतामा राखेको कारण पार्टीले आन्दोलन गरेको र पार्टीको आन्दोलनलाई चम्पादेबी गाउँपालिका ५, ६, ७ र ९ ले पनि ऐक्यबद्धता जनाएको वडा ६ का वडा अध्यक्ष सुरेशकुमार थापाको भनाई छ।

    गाउँपालिकामा भएका अनियमतिताबिरुद्ध आफूहरू लागी परे पनि आफ्नो दल अल्पमतमा पर्ने भएका कारण हरेक निर्णयहरू समेत जवरजस्ती लादिने गरेको थापाको आरोप छ। गाउँपालिका अध्यक्ष नवराज केसीले गाउँपालीका कार्यालयमा ताला नलागेको बताए पनि घुमाउँरो रुपमा ताला बन्द भएको स्वीकार गरेका छन्। बिहान १० बजेको समयमा एक्कासी छापामार शैलीमा साथीहरू आएर काममा अवरोध सिर्जना गरेको र उनीहरूका मागका विषयमा अहिले छलफल भई रहेको छ। केही बुँदामा सहमति भए पनि केही बुँदामा छलफल जारी रहेको केसीले बताए।

    आन्दोलन रत पक्ष र गाउँपालिका बीच वर्ता भइरहेको भए पनि चम्पादेबी गाउँपालिकाको कार्यालय नेपाल प्रहरी र ससस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहेको बताइएको छ। चम्पादेबी गाउँपालिकामा बिगत लामो समयदेखि भएको अनियमितताबिरुद्ध केही महिना अघि गाउँपालिकाका जनप्रतिनिधिकाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा हालिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]