राजनीति

'कम्युनिष्ट सरकारले देशलाई भद्रगोल बनायाे'

पुस १६, २०७५

    बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले अहिलेको कम्युनिष्ट सरकारले देश भद्रगोल बनाईसकेको आरोप लगाएका छन्। ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस बैतडीले सोमबार सदरमुकाममा आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सरकार काम नगरेर भाषण मात्र गरीरहेको बताए।

    भाषणले देशमा विकास हुदैन् उनले भने, 'भाषणले देश चल्न सक्दैन। यो सरकारकै कारणले देशमा भ्रष्टाचार र महँगी मात्र बढेको छ' सरकारले जनतालाई भाषण गरेर झुक्याएको भन्दै उनले कर्मचारीलाई पनि सरकारले काम गर्ने वातावरण दिन नसकेको आरोप लगाए। सरकारका मन्त्रीहरूले भ्रष्टाचारलाई बढवा दिइरहेको छन् उनले भने, 'विभीन्न बाहाना तथा सेवा सुविधाको नाममा मन्त्रीहरू देशलाई सखाप पानै लागेका छन्' प्रतिनिधिसभा सांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्य मुसलमानले सरकारले जनतालाई रेल, पानी जहाज देशमा ल्याउछु भन्दै झुटो आश्वासन मात्र दिएको टिप्पणी गरे।

    अब सरकारका नराम्रा कामहरुको सबै नागरिकहरु मिलेर आवाज उठाउनुपर्छ उनले भने, 'नाराले देश बलियो हुन सक्दैन। देशलाई समृद्ध बनाउन सरकारले देश विकासमा जोड दिनुपर्छ।' यसका साथै उनले कांग्रेस एकढिक्का भएर अगाडि बढेकोले बलियो प्रतिपक्षीको भूमिका रहेको उद्घोष गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]