अर्थ

अनुदानको बीउ नफलेपछि कृषकलाई क्षतिपूर्ति भराइयो

पुस १६, २०७५

    सिन्धुली : ५० प्रतिशत अनुदानमा वितरण गरेको धनको बीउबाट उत्पादन नभएपछि कमलामाई नगरपालिका सिन्धुलीले कृषकलाई क्षतिपूर्ति दिएको छ।

    नगरपालिकाले गत आर्थिक वितरण गरेको ५० प्रतिशत अनुदानको धानको बीउबाट उत्पादन नभएको भन्दै कृषकहरूले उजुरी गरेपछि उनीहरूलाई बीउ वितरण गर्ने कम्पनीबाट क्षतिपूर्ति भराई कृषकलाई उपलब्ध गराएको हो। बीउ उपलब्ध गराएको चितवनको अनमोल बीउ प्रालिबाट सात लाख सात हजार ९९ रुपैयाँ क्षतिपूर्ति भराई ३४ जना कृषक तथा कृषक समूहलाई क्षतिपूर्ति वितरण गरिएको नगरपालिकाकी उपप्रमुख मन्जु देबकोटाले जानकारी दिइन्। कृषकको उजुरीका आधारमा स्थलगत अनुसन्धान गरेको नगरपालिकाले बीउ उपलब्ध गराउँने कम्पनीबाट क्षतिपूर्ति उपलब्ध गराएको हो। 

    चितवनको अनमोल बीउ प्रालिबाट खरिद गरिएको धानको बीउ उम्रनै समय लागेको, रोपीएको धानबाट पनि तीनथरि धान फलेको, धानमा बाल नै नलागेको भन्दै कृषकहरूले क्षतिपूर्ति माग गरेका थिए। नगरपालिकाले चितवनको अनमोल बीउ प्रालिबाट खरिद गरिएको धानको ९ मेक्ट्रिकटन बीउ कृपा एग्रो ट्रेडर्स सिन्धुलीमार्फत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो। वितरण गरिएको धानको बीउ औषतमा २२.५ प्रतिशत क्षति भएको पाइएपछि त्यसकै आधारमा बीउ उपलब्ध गराउँने कम्पनीसँग नगरपालिका र कृपा एग्रो ट्रेडर्सको पहलमा क्षतिपूर्ति उपलब्ध गराई कृषकहरूलाई वितरण गरिएको देवकोटाले बताइन्।

    नगरपालिकाले व्यक्तिलाई  एकहजार ५७५ रुपैयाँदेखि ८१ हजार २७० रुपैयाँसम्म  क्षतिपूर्ति दिएको छ। कमलामाई नगरपालिकाका ४ स्थित स्रष्ठा बाङमय प्रतिष्ठान कृषि सहकारी संस्थालाई एक लाख ५१ हजार २०० रुपैयाँ संस्थागत रुपमा क्षतिपूर्ति उपलब्ध गराइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]