राजनीति

प्रधानमन्त्रीले गराए दुई कुलपतिहरूलाई शपथ

पुस १६, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूलाई सपथ गराएका छन्। सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छाकुमार कर्माचार्यलाई सपथ गराएका हुन्।

    सरकारले सोमबार दुवैलाई कुलपति पदमा नियुक्त गरेको हो। प्रधानमन्त्री ओलीले आफ्नो आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई नियुक्त गरिएकोले ती संस्थाहरू थप सृजनशील हुनुपर्ने बताए। नवनियक्त कुलपतिहरूले समयका पद चापलाई बुझ्ने र त्यसैअनुसार काम गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे।

    'आज हामी जहाँ पुगेका छौं। त्यहीं रोकिने होइन' प्रधानमन्त्री ओलीले भने, 'तपाईंहरूले समयको पदचाप बुझेर यी संस्थाहरूलाई त्यसै अनुसार अघि बढाउनु हुनेछ भन्ने अपेक्षा गरिएको छ।' नेपालीको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीले देखाएको बाटोलाई फराकिलो बनाउने काम यी संस्थाले गर्नुपर्ने उनको भनाइ थियो। 'विगतमा अरुलाई बाटो देखाउने साँस्कृतिक झिल्कोले जताजता प्रज्ज्वलित गर्न सक्छ, गर्नुपर्दछ' प्रधानमन्त्री ओलीले भने, 'तर यी सबै कुराको परिणाम भने सकारात्मक आउनु पर्दछ।'

    कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार र सदस्यसचिव विपिनकुमार घिमिरेले पनि सोमबार सपथ ग्रहण गरेका हुन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्यामप्रकाश तमोटले पनि सपथ ग्रहण गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]