छापा

हवाई यात्रु साढे ५८ लाख, पर्यटक ११ लाख

पुस १७, २०७५

    काठमाडौं : नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

    सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन्। सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०१७ को भन्दा १ लाख ६० हजारले वढी हो।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक तर्फ ४३ लाख ८ सय ५५ यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रिय तर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको छ। जसमा गत वर्षभन्दा आन्तरिकतर्फ १५.४५ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले बढेका छन् भन्ने खबर काराेबार दैनिकमा  छ।

    सन् २०१८ मा गत वर्ष भन्दा आन्तिरिक वायुयान आगमनतर्फ २ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियर्फ २ दशमलव २० प्रतिशतले वृद्धि भएको छ। 

    पर्यटक ११ लाख 

    सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रम०ा गरेका छन्। याे स‌ंख्या सन् २०१७ काे भन्दा १ लाख ६० हजारले बढी हाे। सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल आएका थिए। सन् २०१८ मा १२ लाख पर्यटकले  प्रक्षेपण गरे पनि याे वर्ष ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]