समाज

किशोरी डेढ महिनादेखि बेपत्ता

पुस १७, २०७५

    उदयपुर : कटारी नगरपालिका–१४ लेखानीकी १५ वर्षीया सीता दाहाल डेढ महिनादेखि बेपत्ता भएकी छन्। उनी घरपरिवार, आफन्तको सम्पर्कमा नरहेको बताइएको छ।

    सीताकी दाजु विष्णुका अनुसार गत कात्तिक २६ देखि उनी सम्पर्कविहीन भएकी हुन्। बिहान ९ बजे घरबाट कटारी बजार जान भनी हिँडेकी सीता घर नफर्किएकी विष्णुले बताए। ‘बहिनीलाई आफन्त, छरछिमेक सबैतिर खोजी गर्दा पनि नभेटिएपछि गत मंसिर १० मा इलाका प्रहरी कार्यालय कटारीमा खोजीका लागि निवेदन दिएका थियौं,’ उनले भने, ‘प्रहरीले खोजी कार्यमा चासो नदेखाएकाले अहिलेसम्म बहिनी भेटिएकी छैन।’

    तर, इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धु्रवकुमार श्रेष्ठले भने खोजी कार्य जारी रहेको बताए। ‘प्रहरीले खोजी कार्या गरिरहेको छ,’ उनले भने, ‘अझै पनि किशोरी भेटिएकी छैन।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]