समाज

२० प्रतिशत कमिसन मागेको भन्दै प्रजिअको ध्यानाकर्षण

माघ १६, २०७५

    गुल्मी : गुल्मी जिल्लाको छल्दी अल्छिङ खोला तटबन्धन १ करोणको  कार्यक्रमअन्तर्गत सिँचाइ डिभिजनका कार्यालय प्रमुख विराट ज्ञवालीले योजनाका उपभोत्ता दानबहादुर जिसीसँग २० प्रतिशत कमिसन मागेको भन्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललको ध्यानाकषर्ण गराएका छन्।

    गुल्मी जिल्लाका रेसुंगा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महत, अनेरास्ववियु जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला ईन्चार्ज  घनश्याम खरेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा कार्यलय प्रमुखको यस्तो कदममाथि कारवाही, कार्यालय प्रमुख र संलग्न कर्मचारीलाई निलम्बन गरी छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। अन्यथा आन्दोलनमा उत्रने र त्यस परिणमको  भागेदार रहनसमेत चेतावनी दिइएको छ। 

    यस्तै निस्तिखोला तटबन्धनका लागि १५ लाख रुपैयाँको कार्यक्रममा उपभोत्ता समितिलाई थाहा नै नदिई किर्ते उपभोत्ता समिति गठन गरी योजनाको नाम नै फरक पारी रकम झ्याम पार्न खोजेको पनि आरोप लगाइएको छ।

    यता कार्यलय प्रमुख विराट ज्ञवालीले भने आफूले योजनाका कमिसन नमागेको भन्दै झुटा आरोपको खण्डन गरेका छन्। उनले राज्यले दिएको तलबले नै हामीलाई पुग्छ भनि किन कमिसन माग्नु परो भन्दै प्रति प्रश्नसमेत गरेका छन्। उनका अनुसार निस्तीखोला  तटबन्धनका लागि ईश्मा गाउँपालिका १ का अध्यक्ष चुरा बहादुर खत्रीको सिफारिसको आधारमा गरिएको बताए।

    यता प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने ज्ञापनपत्र बुझ्दै सत्य तथ्य छानबिन गरी कारवाही गरिने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]