छापा

डा. केसीलाई पेलेरै जाने सरकारको तयारी, विधेयक पारित भएपछि दीपावली

माघ १७, २०७५

    काठमाडौं : डा. गोविन्द केसीको अनशनलाई पेलेरै जाने तयारी सत्तारुढ नेकपाले गरेको छ। राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबार जसरी पनि पारित गर्ने रणनीति सत्तापक्षको छ।

    यसका लागि नेताले सांसदलाई ब्रिफिङ गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। विधेयक प्रतिनिधिसभाबाट पनि कांग्रेसको अवरोध र होहल्लाबीच पारित भएको थियो। केसीका माग ‘हुबहु’ पूरा गर्नेगरी विधेयक आएकाले अनशन बसिरहनुको तुक नभएको सत्तापक्षको जिकिर छ।

    शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिसभा दल नेता दीनानाथ शर्मा, नेता योगेश भट्टराईलगायतले सत्तापक्ष र केसी पक्षका मागमा देखिएको अन्तर र सत्तापक्षले अवलम्बन गर्नुपर्ने रणनीतिबारे सांसदलाई ब्रिफिङ गरेका छन्। 

    प्रमुख प्रतिपक्षी कांग्रेसले केसीको अनशन र आन्दोलनको बलमा विधेयकलाई पुनः प्रतिनिधिसभामै फर्काउन खोजिरहेको छ। सत्तापक्ष भने जसरी पनि पारित गर्न चाहन्छ। विधेयकमा केसीका मागसमेत सम्बोधन भएको भन्दै ‘दीपावली’ गर्ने उसको रणनीति छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]