समाज

भारतीय नम्बर प्लेटको गाडीमा बेवारिसे शव भेटियो

माघ २०, २०७५

    जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकामा एक बेवारिसे शव भेटिएको छ। धनुषाको मिथिला नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीमा एक अपरिचित युवाको शव भेटिएको हो।

    आइतवार बिहान मिथिला नगरपालिका-३ हरिहरपुरस्थित खेतमा अन्दाजी २४ वर्षीय युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो। बि आर ०७ पीए ५०८७ नम्बरको स्कारपियो गाडीमा एक युवकको शव अलपत्र देखेपछि खेत गएका स्थानीयवासीले तत्कालै प्रहरीलाई खबर गरेका थिए।

    खबर पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रदेश प्रहरीको संयुक्त टोलीले घटनास्थलको चारैतर्फ २ सय मिटरको घेरा हालेको छ। घटनाको सूक्ष्म अनुसन्धानका लागि हेटौँडाबाट प्रशिक्षित कुकुर अर्थात् कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]